३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

धनगढी विस्फोटनका गम्भीर एकको मृत्यु


प्रकाशित: शुक्रवार, ३ साउन २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । धनगढी बम विस्फोटनमा घाईते भएका एक जनाको मृत्यु भएको छ । 


घाईते राम सिंहको उपचारको क्रममा माया मेट्रो अस्पतालमा गएराती मृत्यु भएको प्रहरीले जनाएको छ । 


विहिवार बेलुका धनगढी उपमहानगरपालिका–४, शहीद गेटस्थित नीलम होटलमा बिहीबार भएको बम विस्फोट हुँदा ५ जना घाईते भएका थिए । 


त्यसैगर अन्य घाईतेहरु बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज पाण्डेको सोही अस्पतालमा उपचार भईरहेको छ । 


प्रहरीका अनुसार मृतक राम आफैंले बोकेको बम विस्फोट हुँदा उनी गम्भिर घाईते भएका थिए  । उनको शव अहिले पोस्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ ।


बझाङका स्थायी बासिन्दा राम विप्लव समूका कार्यकर्ता भएको प्रहरीको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex