काठमाडौं । काठमाडौंबाट यात्रु लिएर हिडेको उग्रतारा यातायातको बस कोहलपुरस्थित बासगढी चोकमा आगलागी हँुदा बस जलेर ध्वस्त भएको छ ।
सो बसमा सवार यात्रु भने सकुशल रहेको बुझिएको छ । डडेलधुराको लागि गुडेको उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको बसमा आगलागी भएको हो ।
बसको अगाडिको चक्काबाट लागेको आगोले केही क्षणै बसललाई जलाएर ध्वस्त बनाएको थियो ।
गाडीमा भएका यात्रुहरुका समान पनि गाडीसँगै जलेका छन् ।
Categorized in समाज