१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

पाईपलाईनबाट डिजेल आज राती नेपाल आईपुग्ने, पेट्रोल र मट्टितेल एक बर्षपछि 


प्रकाशित: विहिवार, २ साउन २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । पाईपलाईनबाट पहिलो पटक पेट्रोलिय पदार्थ डिजेल नेपाल आउँदै छ ।

 
नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट आज मध्यरातमा हजार किलोलिटर डिजल अमलेखगञ्ज आईपुग्ने डिपो प्रमुख प्रदीप यादबले जानकारी दिएका छन । 


भारतको मोतिहारीबाट डिजल हालिसकिएकोले राती सम्ममा अमलेखगंजमा आईपुग्ने यादवले सञ्चारमाध्यमलाई बताए । 


अमलेखंजमा ३९ सय किलोलिटरको दुईवटा र ४१ सय किलोलिटरको दुईवटा भण्डारण ट्यांकीमा १ करोड ६० लाख लिटर डिजल भण्डारण गरेर राखिने र विभिन्न ठाउँमा तेल पठाउने निगमले जनाएको छ । 


पाइपलाइनको औपचारिक उद्घाटन भने नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त अगस्ट १५ तारिखभित्र पाइपलाइन उद्घाटन गर्ने अनुमान गरिएको छ । 


पेट्रोल र मट्टितेल भने एक बर्षपछि मात्र पाईपलाईनबाट नेपाल ल्याईने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex