काठमाडौं । काठमाडौं महानगरपालिकाका विवादित प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयमा हाजिर हुन आदेश गरिएको छ ।
तर कार्की भने मन्त्रालयमा हाजिर हुन मानेको छैन । असार ३१ गते मन्त्रालयले काठमाडौं महानगरपालिकालाई पत्र लेखि अर्को निर्णय नहुन्जेलसम्म मन्त्रालयमा हाजिर हुन पत्राचार गरेको थियो ।
महानगरपालिका पूर्व प्रवक्ता समेत रहिसकेका कार्की पछिल्लो समय विभिन्न मुद्धामा विवादित देखिएको छ ।
कार्की खुलामञ्चको जग्गामा टहरा बनाएर भाडामा दिन नक्कली कागज बनाउनेदेखि लिएर बसपार्कको टावर ठेक्कामा समेत उनी विवादमा तनिएको छ ।
कार्की मन्त्रालयमा हाजिर हुने मनस्थितीमा नरहेपछि अहिले कर्मचारीहरुमा लबिङ गरिरहेका छन ।
Categorized in स्थानिय