काठमाडौं । अज्ञात समूहले बुटवल सडक खण्डमा राखिएका ५ बुद्धमुर्ति तोडफोड गरेको छ ।
प्रहरीका अनुसार बुटवल–बेलहिया सडक खण्डको बीच भागमा राखिएका बुद्धमूर्ति विहिवार विहान तोडफोड गरेको हो ।
केही बुद्धमूर्ति सडकमै ल्याएर फ्याँकिएको अवस्थामा प्रहरीले भेटिएको बताएको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेका अनुसार मूर्तिहरु कसले र किन फुटायो भन्ने बारेमा प्रहरी अनुसन्धान सुरु भईरहेको छ ।
लुम्बिनी भ्रमण वर्ष मनाइरहेको सन्दर्भमा यो घटनाले नकारात्मक प्रभाव पार्न सक्ने स्थानीय जनप्रतिनिधिहरु तथा लुम्बिनी विकास मञ्चका अधिकारीहरुको भनाई छ ।
नगरपालिकाले विशेष कार्यक्रम गरेर गत बैशाख १ गते लुम्बिनी भ्रमण वर्षको अवसर बुद्धमुर्तिको अनावरण गराएका थिए ।
Categorized in समाज