काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक पदको अन्तिम परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ ।
खुल्ला प्रतियोगिताद्वार समावेशी प्राबधान अनुसार पदपूर्ति गर्न २०७४ साउन ३१ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तरवार्ता परीक्षामा सहभागी भएका उम्मद्वारहरुको अन्तिम नतिजा प्रकाशित भएको हो ।
नियुक्तिका लागि सिफारिस भएका उम्मेद्वारहरुलाई यहि जेठ २७ गते आइतबार बिहान ११ बजे प्रहरी प्रधान कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न सो शाखाले सुचित गरेको छ ।
उक्त सुचनाको विस्तृत विवरण नेपाल प्रहरीको वेबसाईटमा समेत राखिएको छ ।
Categorized in राष्ट्रिय