काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी बागबजारको कार्यसमितिमा हेरफेर भएको छ ।
सामुदायिक सेवाको गत शनिवार बसेको १६ औं बर्षिक साधारण सभा एंव सम्मान कार्यक्रममा समितिमा परिवर्तन भएको महासविच कमरुद्धिन मियाँले जानकारी दिए ।
समितिका सहसचिवमा रमा थापालाई ल्याएको छ भने सदस्यहरुमा महानगरखवरडटकमका अजय कुमार खड्गी, बसन्तकुमार तण्डुकारलाई मनोनित गरिएको छ ।
सो कार्यक्रममा ९ जनालाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेहरुमा शिवदिन पाण्डे, रमा थापा, मोहम्मद हुसेन, सुरेन्द्र खडगी, अजित अग्रवाल रहेका छन ।
त्यसैगरी अशोक लामा, विनोद बज्राचार्य, ऋषीराम गड्तौला, प्रहरी जवान रिता अधिकारी रहेका छन । उनीहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक तुलसी महर्जन र विशेष अथिति वडा अध्यक्ष भाईराम खड्गीले सम्मान गरेका थिए ।
सामुदायिक प्रहरी हवलल्दार हर्कराज जोशीले संचालन गरेको कार्यक्रममा महासचिव मियाँले बार्षिक प्रतिवेदन पेश गरेका थिए भने सचिव ध्रुव खड्गीले स्वागत मन्तव्य दिएका थिए ।
त्यसैगरी कोषाध्यक्ष निमित्ता प्रधान शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Categorized in समाज