३ भाद्र २०८३, बुधबार
Header

ज्ञानमा शैक्षिक उन्नयनका लागि योगदान गर्ने गुरुहरु सम्मानीत


प्रकाशित: मंगलवार, ३१ असार २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रत्येक आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाको  अवसरमा ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपाल (ज्ञान) द्धारा  विद्यालयका वर्तमान तथा पूर्व शिक्षक, कर्मचारीलाई विद्यालयहातामा  आयोजित एक कार्यक्रमकावीच पुजन सहित सम्मान गरिएको छ ।


कार्यक्रममा  ज्ञानका पूर्व अध्यक्ष श्री साधुराम गौतमले विद्यालयको व्यवस्थापकीय, भौतिक र शैक्षिक उन्नयनका  लागि योगदान दिनु हुने पूर्व व्यवस्थापन समितिका सदस्य तथा वर्तमान सल्लाहकार वीरेन्द्र वहादुर थपलियालाई विशेष सम्मान गर्नु भएको  थियो । 


त्यस्तै आजको कार्यक्रममा विद्यालयको तर्फबाट  गुणस्तरीय शिक्षा प्रवाहका लागि योगदान गर्नुहुने पूर्व शिक्षिकाहरु क्रमशः गुलशन प्रधान, सुजन कुवँर, कमल सिख्राकार संगै  विद्यालयको प्रशासनिक क्षेत्रमा विगत लामो समयदेखि महत्वपूर्ण योगदान दिंदै आउनु भएका कर्मचारी रमेश धिताल र शिक्षक प्रकाश काफ्लेलाई पनि विशेष सम्मान गर्नुएको  थियो ।


सम्मान  कार्यक्रम पछि  कार्यक्रमका  प्रमुख अतिथि समेत रहेका साधुराम गौतमले ज्ञानले आफनो स्थापना कालदेखि नै सामाजिक, मानविय र परोपकारी   कार्य गर्दै अगाडी बढ्दै  आइरहेको बताउँदै ज्ञानलाइ  ज्ञानको आधारस्तम्भ बनाउँन समाजको तर्फबाट केहि गर्न पाउँदा  संस्थाको गरिमा उच्च भएको बताउँनु भएको छ ।    


त्यस्तै सम्मानित व्यक्तित्व  वीरेन्द्र वहादुर थपलियाले यस्ता कार्यक्रमले शिक्षक विद्यार्थीवीचमा सुमधुर सम्वन्ध कायम राख्न धेरै सहयोग पुग्नुको साथै वर्तमान विद्यार्थीलाई समेत गुरुहरु प्रति सकारात्मक भावन पैदा गर्न उत्प्रेरणा अभिवृद्धि गर्ने  बताउँनु भएको  छ । 
ज्ञानका अध्यक्ष रुपचन्द्र पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका विशिष्ट अतिथि धनञ्जय शर्मा अधिकारी, विद्यालयका प्र.अ. नातिकाजी महर्जन   ज्ञानका निवर्तमान अध्यक्ष अर्जुन गौतम र सुन्दर वहादुर के.सी. लगायतले  आफ्नो  धारणा  अभिव्यक्त गर्नु भएको  थियो ।  


ज्ञानका सचिव राम महर्जनको स्वागत अभिव्यक्तिबाट  शुभारम्भ भएको  प्रस्तुत कार्यक्रमको  संचालन रविना महर्जनल गर्नु भएको थियो ।

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex