काठमाडौं । सरकारले बाढिपहिरो पीडितको उद्धार तथा राहातको लागि ९ वटा निर्णयहरु गरेका छन ।
मन्त्रिपरिषद्को बैठकले प्रभावित क्षेत्रहरुमा विद्युत, खानेपानी, सडक तुरुन्त सुचारु गर्ने भएको छ । बैठकले रक्षा, गृह र भौतिक पूर्वाधार मन्त्रालयले समन्वय गरेर उद्धार र राहतको कार्यहरु गर्ने निर्णय गरेको छ ।
त्यसैगरी प्रभावित क्षेत्रमा तत्काल राहत पु¥याउने तथा घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने, प्रकोप फैलन नदिने औषधि र उपकरणसहित स्वास्थ्यकर्मीहरुको टोली पठाउने, स्थानीय जनप्रतिनिधीहरुलाई उद्धार तथा राहतको लागि आग्रह गर्ने निर्णय गरेको छ ।
बैठकले विपत प्रभावितहरुको लागि उद्धार, राहत, उपचार, खाद्यान्न एंव बसोवासको प्रबन्ध मिलाउने, घाईतेहरुको उपचारमा कुनै कमि हनु नदिने, अपाङ र असक्त भएकाहरु र मृतकका परिवारलाई सरकारले यथोचित सहयो गर्ने भएको छ ।
प्रहरी प्रधानले कार्यलयको पछिल्लो अपडेट अनुसार अहिलेसम्म मृतकको संख्या ६० पुगेको छ भने घाईतेको संख्या ३८ पुगेको छ । त्यसैगरी बेपत्ता हुनेको संख्या २६ जना छ ।
सरकारका निर्णहरु

Categorized in राष्ट्रिय