काठमाडौं । खोलामा पुल नबनाउने सरकारले जहाज चलाउने सपना देखाईरहदा पाल्पाका जनता खोला तिर्न एक हजार तिर्न बाध्य छ ।
पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म तिर्नु बाध्यताले स्थानीय हैरान छन । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेपछि खोला वारपार गर्न कठिन हुँदा स्थानीयले खोला पार गर्न ५०० देखि एक हजारसम्म शुल्क तिनुपरेको स्थानीयवासी कृष्णबहादुर सुनारीले बताए ।
यो समस्या आजको नभई वर्षौँदेखिको भएको यहाँका स्थानीयवासीहरुले बताएका छन ।
हरेक निर्वाचनमा यो खोलामा पक्की पुल निर्माण गर्ने सबै दलका उम्मेदवारका चुनावी एजेण्डामा हुने गरको तर, पुल बनाउने कार्यमा भने कसैले चासो नदिएको स्थानीयको गुनासो छ ।
अति आवश्यक काममा निस्केका, बिरामी बोकेर आएका मोटरसाइकल जोखिम मोलेर बोकेर खोला तारिदिनु पर्ने बाध्यता रहेको छ ।
पूर्वखोला गाउँपालिकाको सिलुवा बजारबाट सात किमी दक्षिणमा रहेको यस खोलामा पुल नहुँदा वर्षायाम शुरु भएपछि सवारीसाधन नै ठप्प हुँदा स्थानीयवासीले निकै सास्ती खेप्दै आइरहेको स्थानीय व्यापारी विजय सारुले बताए ।
सामान गाडीमा ओसारपसार गर्न, गाउँघरमा उत्पादित वस्तु बजार पु¥याउन खोलामा पुल नभएकै कारण बोकेर जीविका चलाउनुपर्ने बाध्यता छ ।
खोलामा पक्की पुल नबन्दा निस्दी गाउँपालिकाको वडा नं ६ अर्चलेका सबै भाग, वडा नं ७ को ज्यामिरे र मित्यालका केही भेगका स्थानीयवासीले कठिन यात्रा गर्नुपरेको छ ।
Categorized in समाज