१२ भाद्र २०८३, शुक्रबार
Header

कोशी ब्यारेजको ढोका बन्द गर्न भारतीय दवाव


प्रकाशित: शनिवार, २८ असार २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । भारतको विहार जलमग्न भएपछि भारतले कोशी ब्यारेजको ढोका बन्द गर्न दवाव दिएको छ । 


अबिलरल बर्षाको कारण पानीले सप्तकोसीमा पानीको बहाव उच्च भएको छ । शनिवार दिउँसो २ बजेको मापन अनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले सञ्चारमाध्यमलाई बताएका छ । 


एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि कोशी ब्यारेजलाई खतरा मानिन्छ । अहिले ३६ ढोका खोलिएको छ । कोशी व्यारेजमा ५६ बटा ढोका रहेको छ । 


पानीको वहाव बढेपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले जनकारी दिएका छन ।  


प्रशासनले कोसी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex