१२ भाद्र २०८३, शुक्रबार
Header

उपत्यकामा मात्रै ८ जनाको मृत्यु, मृतकको संख्या ३१, बेपत्ता १८ जना 


प्रकाशित: शनिवार, २८ असार २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । बढि पहिरोले काठमाडौं उपत्यकाको ललितपुर र काठमाडौंमा गरी ८ जनाको मृत्यु भएको छ । 


ललितपुरमा ५ जना र काठमाडौंमा ३ जनाको मृत्यु भएको छ भने यो सँगै देशको अन्य जिल्ला गरी मृत्यु हुनेको संख्या ३१ पुगेको छ । 


प्रहरीका अनुसार अहिलेसम्म १८ जना वेपत्ता भएका छन । उनीहरुको खोजी कार्यको लागि उद्धार टोली खटिएको छ । बाढी पहिरोबाट प्रभावित १३३ जनाको सकुशल उद्धार गरिएको छ । 


धादिङ, मकवानपुर र सिन्धुलीमा २/२ जनाको मृत्यु भएको छ भने काभ्रे, खोटाङ र भोजपुरमा  ३/३ जनाको ज्यान गएको छ । 


त्यसैगरी रामेछाप, झापा, सुनसरी, चितवन, बारा, पर्सा, ओखलढुंगा र इलाममा १/१ जनाको ज्यान प्रहरीले जानकारी दिएको छ । 


त्यसैगरी घाईतेको संख्या पनि उल्लेखिय रहेको छ । मकवानपुरमा ४ जना, काभ्रेमा २ जना घाईते भएका छन भने रामेछाप, धादिङ, दोलखा, खोटाङ, सुनसरीमा र चितवन १/१ जना गरी १२ जना घाइते छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex