१२ भाद्र २०८३, शुक्रबार
Header

रौतहटको गौर बस्ती डुबेपछि भारतको चर्को विरोध सुरु


प्रकाशित: शनिवार, २८ असार २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । अबिरल बर्षाले देशका विभिन्न भाग डुवानमा परिरहेको बेला रौतहटमा भने भारतीय बाँधको कारण गौर बजार यतिखेर संकटमा देखिएको छ । 


भारतीय पक्षले बाँधमा भएका पानी थुन्ने ढोकाहरु नखोलिँदा रौतहट डुवानमा पर्न थालेको सरकारी अधिकारीहरुले बताएका छन । 


अहिले बाँधको कारण गौरमा १० फुट सम्म पानी जमेपछि जनजीवन पूर्ण रुपमा अस्तव्यस्त हुन पुगेको प्रहरी अधिकारीहरुको भनाई छ । 


प्रहरीले आफ्ना समकक्षीहरुलाई बाँध खोल्न आग्रह गरेपनि आलटाल गरिरहेकोले खतरा बढिरहेको छ । 


लक्ष्मीपुर बेलबिछ्वा भन्ने ठाउँको बाँध पानीले पार गर्ने अवस्थामा देखिएको र सो बाँध फुटेको खण्डमा भारतीय बजारहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायतका दर्जनौं बस्ती बगाउने छ । 


भारतीय पक्षको यस किसिमको व्यवाहार देखेर समाजिक सञ्जालमा चर्को विरोध हुन थालेको छ । समाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताल पानी थुनेर छिमेकी मार्न खोजेको भन्दै भारतको बिरोध गरिरहेका छ ।


भारतले बाँधमा खोलेर बस्ती बचाउनको सट्टा सुरक्षाबल खडा गरेर बाँध बचाउने प्रयास गरिरहेको भन्दै समाजिक सञ्जालमा स्टाटस लेखि विरोध गर्न थालेको छ । 


फेसबुकमा रिते अग्रवाल लेख्छन, ‘ ये कैसा बेटी रोटीका सम्बन्ध । हम लोग डुब रही है वो साईफन खोल्नेकी बजाए, बाँधकी सुरक्षा मे लगा है !!


त्यसैवरी मदन ठाकुरले भने सरकारलाई सचेत हुन आग्रह गर्दै लेख्छन, ‘कस्तो निर्दयी रहेछन भन्ने बल्ल बुझियो । ‘घाँटी थिचिथिची मारिरहेका छन हामीलाई । बेलैमा ध्यान पुर्‍याऊ सरकार ।’


बज्रकिशोर शाहले पनि बाँध भत्काउनु परयो नत्र यो हेरेर आनन्दले लिनेलाई ठुलो श्राम लाग्ने छ भनी फेसबुक स्टाटस लेखेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex