१२ भाद्र २०८३, शुक्रबार
Header

कलंकीमा बगाएको ग्यास टिप्न जाँदा एक बेपत्ता, देशभर मृत्यु हुनेको संख्या १७ पुग्यो


प्रकाशित: शुक्रवार, २७ असार २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । कलंकीमा शुक्रवार दिउँसो बाढीले बगाएको ग्याँस टिप्न जाँदा बर्दियाका ३२ बर्षिय विनोद चौधरी वेपत्ता भएका छन । 


कलंकीस्थित भुलेश्वरी मन्दिर छेउ बस्ने चौधरी बल्खु खोलामा एक्कासी नदीमा हामफालेपछि उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसा खोलाले बगाएर ल्याएको सिलिण्डर ग्यास समात्न चौधरीले फाल हानेका तर आफै बेपत्ता हुन पुगे । 


बेपत्ता चौधरी सकुशल भेटिन सकिनेमा प्रहरीले आशंका जाहेर गर्दै खोजी कार्य भने तिव्र बनाएको बताएको छ । प्रहरी अनुसन्धान क्रममा चौधरी  ग्यास डिपोबाट बगाएर ल्याएको सिलिण्डन समात्न हाम फालेका थिए ।


प्रहरी अधिकारीहरुका अनुसार बेलुका अबेरसम्म मृत्यु हुनेको संख्या देशभर १७ जना पुगेको बताएको छ भने ७ जना बेपत्ता भएका छन । 


मृत्यु हुनेहरुमा 


बनेपा नगरपालिका–३का५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल ।


रामेछापमा पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवार ।


भोजपुरमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई ।


टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विक ।


ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । 


पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको ।


उत्तरी मकवानपुरको थाहा नगरपालिका – ३ का बालिका सञ्चना बलामी ।


काठमाडौंको मुलपानीमा बाराका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव ।


ललितपुरको वाग्मती गाउँपालिका–२ माल्टामा ११ वर्षीय सरोज जिम्मा ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex