३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ओखलढुंगाको मानेभज्याङमा बस दुर्घट्ना, ३ जनाको मृत्यु


प्रकाशित: बुधवार, २५ असार २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जादै गएको एक यात्रुबहाक बस दुर्घट्ना हुँदा ३ जनाको मृत्यु भएको छ ।


मे १ ख १८९१ नम्बरको बस बुधबार बिहान ३ बजेतिर ओखलढुंगाको सिद्धिचरण राजमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ डढुवामा दुर्घटना भएको हो ।


प्रहरीका अनुसार मृत्यु हुनेहरुमा झपाका ४५ वर्षीय कृष्णबहादुर बस्नेत, दूधकुण्ड नगरपालिका–५ सोलुका ५२ वर्षीया माया थापा र सिन्धुली कमलामाइ नगरपालिकाकी अन्दाजी ३० वर्षीय लालबहादुर धामी रहेको छ । 


सो दुर्घट्नामा वसमा सवार १६ जना घाइते भएका छन । घाईतेहरुमध्ये मित्रबहादुर थापा, मदन कट्टेल र कृष्ण गौतमलाई एम्बुलेन्समार्फत काठमाण्डौ ल्याएको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex