काठमाडौं । एकसाता भित्रै कलंकी – महाराजगंजको सडक विस्तारको काम सुरु हुने भएको छ ।
सडक विभागका विकास सहायता कार्यान्वयन महाशाखाका अनुसार सडक विस्तारको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
नेपाल र चिनियाँ अधिकारीहरुविच सहमति भए अनुसार चिनियाँ टोली एकसाता भित्र नेपाल आएर सडक विस्तारको काम अघि बढाउने अधिकारीहरुले बताए ।
सडक विस्तारको क्रममा साईट क्लियर गर्नुपर्ने भएकोले बिजुलीका पोलहरु हटाउने कार्यको लागि प्राधिकरणसँग छलफल भएको तथा खानेपानी तथा ढल निकास विभागका अधिकारीहरुसँग पनि कुराकानी भएको अधिकारीहरुले जानकारी दिएका छन ।
महाशाखाका अनुसार सडक विस्तारको क्रममा केही प्रहरी चौकी र पेट्रोल पम्प हटाउनु पर्ने हुन्छ भने १८सय वटा सडकका रुखहरु काट्नुपर्ने हुन्छ ।
तीन सय मिटर खण्डमा सडकको केन्द्रबाट १५÷१५ मिटर रहेको भएपनि चक्रपथको सडक सीमा सेन्ट्रल लाईनबाट २५÷२५ मिटर कायम गरिएको छ ।
अधिकारीहरुका अनुसार अण्डरपास भएपनि नपुग्ने भएकाले १० मिटर थप लिनुपर्ने छ । सडक पहिलो फेजमा जस्तै ८ लेनको हुनेछ । सडक खण्डमा सोलार बत्ती,पर्याप्त जेब्रा क्रसिङ,ओभरहेड ब्रिज निर्माण हुनेछ ।
यो खण्ड विस्तारका लागि ६ अर्ब लाग्ने अनुमान गरिएको छ । यो सडक चिनियाँ अनुदानमा निर्माण गर्ने गरि द्धिपक्षिय सम्झौता भएको छ ।
Categorized in स्थानिय