२९ आश्विन २०८३, बिहिबार
Header

सरकारले प्रस्तावित गरेको ४ राजदुतको आज सुनवाई


प्रकाशित: सोमबार, २३ असार २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । संसदीय सुनवाई समितिको बैठकमा सोमबार ४ राजदुतको लागि सुनवाई हुने भएको छ । 


प्रस्तावति राजदुतहरु महेशराज दाहाल (अष्ट्रेलिया), डा. वंशीधर मिश्र (बंगलादेश), नारदनाथ भारद्वाज (कतार) र दावाफुटी शेर्पा (स्पेन) रहेका छन । 


विहान ८ बजे बोलाएको बैठकमामा उनीहरुबारे सुनवाई हुने भएको छ । समिति सभापति लक्ष्मणलाल कर्णका अनुसार राजदूतहरुविरुद्ध दुईवटा उजुरी परेका जानकारी दिँदै उजुरीकर्ता छलफलमा आउन नचाहेकाले समिति बैठकमा उजुरीउपर छलफल नहुने बताए। 


गत जेठ २३ गते सरकारले उनीहरुको नाम राजदुतमा सिफारिस गरेको थियो । 


समितिले प्रस्तावित राजदूतहरुविरुद्ध कुनै उजुरी भए उजुरी दिन असार १४ गतेसम्म समयसीमा दिएको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala