काठमाडौं । भारतीय दवावपछि विषादी परिक्षण स्थगीतको विषयलाई लिएर संसदमा आईतबार चर्को विरोध भएको छ ।
नेपाली कांग्रेसका संसाद गगन थापाले विषादी परिक्षण रोकिएकोमा कडा आपत्ती जनाउँदै सरकारले आफ्नो अडान कायमै राखेको भए जनता साथ दिन तयार थियो तर सरकार पछि हट्यो ।
उनले भारतबाट आउने तरकार र फलफूल मात्र होइन, नेपालबाट जाने अलैची र अदुवाको पनि हिसाव किताब होला भन्ने लागेको भएपनि पारिबाट आएको मन्द खोकीको आवजले सरकार थला परेको आरोप लगाएका छन ।
ओली सरकारको राष्ट्रवादीको खुट्टा देखिएकै थियो । घुँडामा कत्रो भ्वाङ प¥यो ? भनेर सोध्न मन लागेको थापाले संसदमा बताए ।
त्यसैगरी कांग्रेस नेता बालकृष्ण खाँडले पनि सरकारको विषादी परिक्षण रोक्ने निर्णयको अलोचना गरेका छन ।
प्रधानमन्त्री केपी ओलीले सरकारको प्रयाप्त गृहकार्य नएको भन्दै तत्काल परीक्षण स्थगीत गरिएको भनाईलाई कृषी तथा पशुपंछी विकासमन्त्री चक्रपाणी खनालले घुमाउरो पारामा खण्डन गर्दै पूर्वाधार हुँदै नभएको होइन, प्रयाप्त मात्रा नभएको मात्र हो परिक्षण गर्न सक्ने अवस्था अहिले पनि रहेको बताएका छन ।
मन्त्री चालिसेले नेपाल आयात गरिने तरकारी थता फलफूलको सीमा नाकामा विषादी परक्षिण गर्नुपर्ने व्यवस्थासहित २ असारमा निकासी पैठारीसम्बन्धी आदेश राजपत्रमा प्रकाशित गरेपछि परिक्षण सुरु गरिएको थियो तर भारतीय दूतावासले पत्र लेखेर विरोध गरेपछि यो अवस्था सिर्जना भएको भनाई राखे ।
आईतबार राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेको प्रश्नमा जवाफ दिने क्रममा सो कुरा बताएका थिए । मन्त्री चालिसेल ६ महिनामा पूर्वाधार तयार गरिने सरकारको निर्णयप्रति पनि असुन्तिुष्टि व्यक्त गरेका छन ।
नेपाल विद्यार्थी संघठनले जनतालाई विष खुवाउन पाईदैन भन्दै काठमाडौंमा तरकारीको माला लगाई प्रदर्शनमा उत्रेका थिए ।
Categorized in राष्ट्रिय