काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ को बयानको आधारमा विहिबार प्रहरीले एक सुन पसले पक्राउ गरेको छ ।
प्रहरीले मोरङको उर्लाबारीमा घर भएका सुन पसले रेवत आचार्यलाई पक्राउ गरेको हो । आचार्य नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता समेत भएको बुझिएको छ ।
Categorized in राष्ट्रिय