१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सैनिक र प्रहरी श्रीमती जस्ता संघहरु खारेजी हुनुपर्ने 


प्रकाशित: आईतवार, २२ असार २०७६, १६ः०० बजे
- महानगरखवर

कामठाडौं । नेपाल कम्युनिष्ट पार्टीकी सांसद पम्फा भुसालले सैनिक र श्रीमती जस्ता संघहरु खारेजी हुनु पर्ने माग राखेकी छिन । 


आईतबार संसदमा बोल्दै उनले अहिले विद्यमान सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघ, सशस्त्र प्रहरी श्रीमती संघ, निजामती कर्मचारी श्रीमती संघजस्ता संस्था क्रियाशील रहनु गणतन्त्रसँग मेल नखाने बताए । 


उनले श्रीमानको हैसियतको आधारमा निर्माण भएका संस्थाहरु राज्यको स्रोत साधानबाट सञ्चालित सामन्ती पितृसत्तावादी संस्थाको यथासिघ्र खारेजीको माग गरेकी छिन । 


मुलुकमा गणतन्त्र आईसकेकोले अब पनि श्रीमानका आधारमा श्रीमतीले सुविधा लिने, परिवारका नाममा परिवारका सदस्यले सुविधा लिने व्यवस्थाको अन्त्य आवश्यक छ । 


उनले राज्यका महत्वपूर्ण निकायहरु सेना प्रहरी र निजामती प्रशासनमा अहिले पनि त्यसको धङधङी बाँकी नै देखिएको यस्ता संघहरुको खारेजीको लागि सरकारले कदम चाल्नु पर्ने सुझाव दिएकी थिईन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex