१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

दवाबमा विषादी जाँच रोकिएको हैन, कसलाई आयो पत्र ?ःप्रधानमन्त्री


प्रकाशित: आईतबार, २२ असार २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको दवाबमा विषादी जाँचपास नरोकिएको बताएको छ । 


शनिवार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतै –कसैबाट आएको दवाबले सरकार पछि नहटेको उल्लेख गरे । 


भारतबाट दबावमुलक पत्र आएपछि सरकारपछि हटेको समाचार प्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले भारतबाट पत्र आएको थाहा नपाएको र कसले पढ्यो त्यो पत्र आफूले नबुझेको बताए । 


प्रम ओलीले मन्त्रालयहरुबाटै प्रयाप्त तयारी नभएको प्रस्ताव आएपछि सरकार तत्काललाई पछि हटेको जानकारी दिँदै क्वारेन्टाइनहरू सुदृढ गरिएपछि विषादी जाँचपास सुचारु हुने भनाई राखे । 


सरकारको चाहाना जनताले शुद्ध र विषरहित खानेकुरा खान पाउन भन्ने हो, त्यसैल हामी अर्गानिक बनाउँन चाहन्छौं । खाने कुरा शुद्ध होस् हाम्रो भान्सामा विष नपुगोस । त्यो हाम्रो आकांक्षा हो । चाहना हो । र, यसलाई हामी पूरा गर्छौं ।’ प्रधामन्त्री ओलले भने ।


विषादी जाँचपास विना नै तरकरारी नेपाल भित्रीरहेको समाचार बाहिर आएपछि सरकारको यतिखरे कडा आलोचना भईरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex