काठमाडौं । भारतीय दवावपछि भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण तत्काल स्थगित गरेपछि बिरोध सुरु हुन थालेको छ ।
समाजिक सञ्जालमा यसको विरोध चर्को हुन थालेको छ । वरिष्ठ पत्रकार तथा लेखक किशोर नेपालले शनिवार विहान यसरी ट्वीट गरेर विरोध जनाएको छ ।
उनले, ‘के सरकारलाई कसैको जन्मोत्सव मनाउन रोक लगाउने हक छ ? भारतको डरले तरकारीको बिषदी जाँच रोकियो । चीनको डरले दलाई लामाको जन्मोत्सव रोकियो । कस्तो डरैडरको संरकार !’
भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव सिर्जना गरेपछि सरकारले ६ महिनाका लागि आवश्यक तयारी नपुगेकोले स्थगित गरेको जनाएको छ ।
मन्त्रालयका अधिकारीरुका अनुसार नेपाल भारत सीमा नाकामा विषादी परीक्षण र क्वारेन्टाईनका लागि आवश्यक पूर्वाधार निमार्णपछि मात्रै निकासी पैठारी नीतिको पूर्ण कार्यन्वयनमा जाने छ ।
यस अघि सरकारले असारमा ल्याएको विषादी परिक्षण अनिवार्य गर्ने नीतिप्रति भारत असुन्तुष्ट देखिएको थियो । भारतले सरकराको यस नीतिप्रति पनि गम्भीर चासो व्यक्त निर्णय फिर्ता लिन दबाब दिएको थियो ।
भारतबाट नेपालमा निकासी हुने खाद्यपदार्थमा जस्तो संवेदनिशल विषयमा पनि चेकजाँच गर्न नपाउनु दर्भाग्यपूर्ण भएको भन्दै यसको चौतर्फी विरोध हुन थालेको छ ।
Categorized in राष्ट्रिय