काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ को बयान ‘रहस्यमय’ बन्दै गएको देखिएको छ ।
जिल्ला अदालत मोरङमा विहिबार ५ घण्टासम्म चलेको बयानमा ‘गोर’ ले तस्करीका नाईकेहरुको बारेमा स्पष्ट रुपमा नबोलिदिँदा अनुसन्धान प्रभावित हुने खतरा बढेको छ ।
‘गोरे’ ले दिने बयान अनौपचारिक र पुरानै कुराहरुमा समितिका अधिकारीहरुलाई अल्झाईरहेको देखिएको छ ।
पक्राउ परेदेखिनै ‘गोरे’ विभिन्न अनौठो भावहरु प्रस्तुत गर्ने गरेका छन् जसले गर्दा पनि ३३ केजी सुन तस्करी प्रकरणलाई गोलमोटल गर्ने प्रयास त भईरहेको छैन भन्ने आशंका उब्जिन थालेको छ ।
अभियुक्त ‘गोरे’ कसरी पक्राउ परे भन्ने विषयनै स्पष्ट भएको छैन । कसरी, कहाँ पक्राउ परे भन्ने सही जानकारी न मिडियालई अझै थाहा छैन, न समितिले स्पष्ट पारेका छन् ।
बयानमा ‘गोरे’ ले आफु सुनका लगानीकर्ता नभई व्यवस्थापन गर्ने मात्र भएको लगानीकर्ताहरु अरुनै रहेको बताईसकेका छन् तर उनले असुरक्षाको कारण वा अदालतलाईनै गुमराहमा पार्ने उद्देश्यले तस्करीका नाईकेहरुको नाम उच्चारण गर्न सकिरहेका छैनन यो त उनले जानुन ।
तर अपराधीहरुको मनोभाव बुझने केहीको भनाई अनुसार अपराधीहरुले सकेसम्म सुचनाहरु लुकाउन त्यतिखेर प्रयास गर्दछन् जतिखेर उनीहरुले प्रहरी वा अनुसन्धानकर्ताको मनोविज्ञान पढेर बयानमा चलखेल गर्दछ् । त्यसैले अपराधीलाई पाएको सुचनाको आधारमा पेल्न सकियो भने अपराधीले सजिलै जानकारीहरु दिन सक्छन् ।
त्यसैले पनि समितिका अधिकारीहरुले आरोपीहरुको चलखेललाई बुझ्न जरुरी छ । साथै समितिको यही म्यादले तस्करीको नाईकेलाई समात्न सकिन्छ भन्ने सोचलाई परिवर्तन गर्न आवश्यक छ ।
Categorized in राष्ट्रिय