३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बीमा रकमको लागि चार बर्षीया छोरीको हत्या


प्रकाशित: शुक्रवार, २० असार २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । रौतहटमा बीमा रकमको लागि आफ्नै बुवाले छोरीको हत्या गरेको छ । 


जिल्लाको मौलापुर नगरपालिका वडा ६ का रामकिशोर रायले आफ्नै ४ बर्षिया छोरी लक्ष्मीकुमारीको हत्या गरेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार असार १७ गते घरबाटै हराएको भनिएको लक्ष्मीको शव नजिकैको पोखरीबाट भेटिएपछि प्रहरीले अनुसन्धान बढाएको थियो । 


बालिकका लक्ष्मीको हत्या बाबु रामकिशोरले नै हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले सञ्चारमाध्यमलाई बताएका छन । 


प्रहरी उनकै बाबुमाथि शंका लागेपछि अनुसन्धान अघि बढाएका थिए । रामकिशोरले लक्ष्मीलाई सुतिरेहकै अवस्थामा लगेर नाक, मुख थुनेर हत्या गरी पोखरीमा फालेको प्रहरीलाई बयान दिएका छन । 


रामकिशोरले छोरीको हत्या गरी विमा रकम दावी गर्ने योजना अनुसार गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा १९ जेठमा २५ लाखको जीवन बीमा गराएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex