३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

व्यापारी रिहाईको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध


प्रकाशित: विहिवार, १९ असार २०७६, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । कैलालीको अत्तरियामा व्यपारीहरुले विहिवार एक घण्टा पूर्वपश्चिम राजमार्ग चक्काजाम गरेका छन । 


अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटासहितका तीनजना व्यापारीको रिहाइको माग गर्दै उनीहरुले राजमार्ग अबरुद्ध पारेको प्रहरीले जनाएको छ । 


गोदावारी नगरपालिकाको नगरसभामा असार १० गते नगरसभामा उद्योग वाणिज्य संघलाई आफ्नो भनाइ राख्न नदिएको भन्दै अध्यक्षसहित केही व्यापारीले बिरोध गरेपछि नगरपालिकाले उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो । 


बुधबार पक्राउ परेकाहरुलाई सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जानकारी प्रहरीले दिएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex