३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सकारात्मक सोच अभियानकर्ता कर्ण शाक्यसँगको अन्तरक्रिया सम्पन्न


प्रकाशित: बुधवार, १८ असार २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । सकारात्मक सोच अभियानकर्ता कर्ण शाक्यसँगको अन्तरक्रिया न्युयोर्कमा सम्पन्न भएको छ । 


नेवाः नखः न्यूर्योकको आयोजनामा आयोजित सो अन्तरक्रिया सकारात्मक सोचको अभ्यास कसरी गर्ने, यसले राष्ट्र र समाजलाई कसरी फाईदा पुराउछ भन्ने विषयमा बहष भएको थियो । 


नखःका महासचिव डा. नरेश शाक्यले संचालन गरेको सो कार्यक्रममा सकारात्मक सोच अभियान लाई विश्वब्यापी रूपमा अगाडी बढाउदै लैजाने सोचका साथ अमेरीकामा पनि सकारात्मक सोच समूह गठन गर्न आग्रह गरिएको छ । 


उक्त कार्यक्रममा न्युयोर्क र न्यूजर्सी लगाएत अन्य शहरका नेपाली अमेरिकन बुध्दिजीबी, समाजसेवी, पत्रकार, बिभिन्न संघ(संस्थाका प्रतिनिधीहरू तथा अन्य महिला तथा सज्जनबृन्दहरूको उपस्थिति थियो ।  


अन्तरक्रिया कार्यक्रममा युबा लेखक श्री राजन थपलिया, सम्प्प्रेषण का श्री शैलेस श्रेष्ठ, श्रेडियो जर्नलिस्ट श्री हरी लामीछाने, सामाजिक अभियन्ता श्री सुर्य लम्साल, बुध्दिजीबीहरू डा. कमल पाण्डे, डा. गोबिन्द कोईराला, आनन्द श्रेष्ठ, फिप्ना महिला संघका अध्यक्ष श्री संगिनी रानामगर, श्री बिशाल बिक्रम शाह, श्री बिष्णु सिं बैजु , श्री रविन बज्राचार्य , श्रीमति  श्रुति अमात्य (प्रधान) तथा अन्य महानुभाव हरूले प्रश्नहरु राखेका थिए । 


नखःका अध्यक्ष श्री बिष्णुमान प्रधानको  सभापतित्वमा भएको उक्त कार्यक्रममा नखस्का उपाध्यक्ष श्री महेन्द्र वीर बज्राचार्यले प्रमुख अतिथि तथा उपस्थित सहभागीहरूको स्वागत गर्नु भएको थियो ।  


नखःका सल्लाहकार श्री अजय छोचूंले प्रमुख अतिथि श्री कर्ण साक्यको परिचय दिनु भएको थियो ।  कार्यक्रममा नेपाल वाणिज्य दुत श्री कृशु क्षेत्रीले मन्तब्यमाुसोच पुस्तक बाट आफु निकै प्रभावित भएको बताउनु भयो । 


कार्यक्रमका सभापति श्री बिष्णुमान प्रधानले उक्त कार्यक्रम मा उपस्थित हुनुभएका प्रमुख अतिथी, सकारात्मक सोचका अभियान कर्ता श्री कर्ण साक्यज्यू, बिशेष अतिथी नेपाली बाणिज्य दुतावासका बाणिज्य दुत श्री कृष्ण कुमार सुबेदीलगायत सहभागी सबैलाई सकारात्मक सोचको अभियानमा लाग्न आग्रह गरे । 


कार्यक्रममा सकारात्मक सोचका अभियान कर्ता कर्ण साक्यको नयां पुस्तक कोशु को बिमोचन नखः का अध्यक्ष बिष्णुमान प्रधान तथा संस्थापक अध्यक्ष तथा सल्लाहकार श्री बीरेन्द्र प्रधानले गरे । 


सो अन्तरक्रिया कार्यक्रम २०१९ जुन ३० तारिकका दिन सम्पन्न भएको आयोजकले बताए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex