काठमाडौं । बलिउडको चर्चित कलाकारको जमघट हुने इन्टरनेशनल इन्डिया फिल्म अवार्ड ( अवार्ड ) संसदीय समितिको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले रोक्न निर्देशन दिएको छ ।
चौतर्फी विरोध हुन थालेपछि समितिले सरकारलाई सो अवार्ड कार्यक्रम रोक्न निर्देशन दिएको हो । मंगलबार बसेको समिति बैठकले अवार्डको कार्यक्रम रोक्न निर्देशन दिएपछि अब अवार्ड कार्यक्रम अनिश्चित भएको छ ।
पर्यटन बोर्ड र काठमाडौं महानगरपालिका सह–आयोजक हुने गरी अगस्टमा काठमाडौंमा हुन लागेको सो अवार्डको सबैतर्फबाट कडा विरोध भएपछि समितिले सो कदम चालेको हो ।
गत विहिवार सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सो अवार्ड कार्यक्रम गर्न मन्त्रीपरिषद्ले स्वीकृती दिएको जनकारी गराएका थिए ।
अवार्ड समारोह आयोजना गर्नका लागि सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयनका राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको थियो ।
अवार्ड व्यवस्थापन सरकारी खर्चमा मै हुने चर्चा चलेपछि सो अवार्ड कार्यक्रमको सर्वत्र विरोध सुरु भएको थियो ।
Categorized in मनोरन्जन