७ भाद्र २०८३, आइतबार
Header

आईफा अवार्ड गर्न सहमति दिइएको हो पैसा होइनः मन्त्री बाँस्कोटा


प्रकाशित: सोमबार, १६ असार २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारका प्रवक्ता एंव सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले इन्टरनेशनल ईण्डिया फिल्म अवार्ड (आईफा) लागी सरकारले एक रुँपिया पनि नदिएको दावी गरेको छन । 


मन्त्री बाँस्कोटाले आईफाको लागि सरकारले अनुमति दिएको हो पैसा नदिएको जानकारी दिँदै बाहिर १ अर्व सरकारले दिने हल्ला चलेको बताए । 


चलचित्र विकास बोर्डको १९ औं वाषिर्कोत्सवका अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले भोलीका दिनमा हलिउडले पनि अवार्ड योजना गर्ने भनेर आयो भने गर्न दिनुपर्ने भनाइृ राखे । 


केही दिनयता आईफा अवार्डको चौतर्फी विरोध भईरहेको सन्दर्भमा वोर्डका प्रथम अध्यक्ष यादव खरेलले समेत सरकारको निर्णय राष्ट्रविरोधी भएको आरोप लगाएको छ । 


गत विहिवार सरकारले गर्ने नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले ६५ करोडभन्दा बढि सरकारी खर्चमा आईफा अवार्ड नेपालमा हुने जानकरी दिएलगत्तै यसको चर्को विरोध सुरु भएको थियो । 


पर्यटन बोड र काठमाडौ महानगरपालिका सहयोजक हुने हुने भनिएको यस अवार्डको लागि भारतीय आयोजकले माग गरे बामोजिम रकमसहित सहभागीहरुको पनि खर्च व्यवस्थापन गर्नुपर्ने हुन्छ । 


नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशीका अनुसार भारतीय अयोजकसँग करिब १ अर्ब रुपियाँमा कार्यक्रम सम्पन्न गर्ने कुराकानी भएको जानकारी दिएका छन । 


विदेशीलाई रकम दिने कार्यविधि बोर्ड र महानगरसँग नभएको यो अवस्था र अर्कोतर्फ यतिधेरै रकम खर्च गरेर यो अवार्ड गर्नुको नेपाललाई कुनै फाईदा नभएको जाजनकारहरुको भनाई छ । 


यो रकमले बलिउडका हस्तीहरुलाई काठमाडौं उपत्यका सयर गर्नु बाहेक अरु कुनै काम नभएको उनीहरुको दावी छ ।


तर बोर्डका कार्यकारी प्रमुख जोशीका अनुसार यस कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दछन । अर्को तर्फ नेपालले पनि यतिका ठुलो ईभेन्ट गर्न सक्षम रहेछ भन्ने सन्देश जानेछ । 


आईफा भारतको निजी स्तरको ठुलो कार्यक्रम मात्र भएको यस अवार्डलाई बलिउडमै पनि खासै मान्यता दिएको छ । एक व्यापारिक प्रयोजनका साथ गरिने अवार्ड भएकोले यसको अन्तर्राष्ट्रिय चर्चा छ । 


यो अवार्ड कार्यक्रमबाट नेपाललाई त्यसबेला फाईदा हुन्छ जब आयोजकले आफ्रनै खर्चमा कार्यक्रम गर्दछ, कार्यक्रममा सहभागी हुने कलकारले आफ्नै खर्चमा घुम्ने, खाने, बस्ने गर्दछ । 


अर्को यस कार्यक्रम भन्दा बलिउडलाई सुटिंगको लागि पूर्वाधरहरु निर्माण गरेको खण्डमा नेपाललाई फाईदा हुने जानकारहरुको भनाई छ ।


त्यसैले सररकार खर्चमा यो अवार्ड भएको खण्डमा यसले घाटमा मात्र दिने छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex