३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

जमलमा भयानक कार दुर्घट्ना, सबै सकुशल


प्रकाशित: शनिवार, १४ असार २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । मादक पदार्थ सेवन गरेर चलाएको एक कार जमलमा भयनाक दुर्घट्नामा परेको छ । 


शनिवार विहानै करिब ६ बजेतिर बा ११ च ३६०४ नम्बरको कार केशरमहलबाट जमलरित जाँदै गर्दा दुर्घट्नामा परेको ट्राफिक प्रहरीले जनाएकोक छ । 


दुर्घट्नाको दृश्य हेर्दा ट्राफिकले यसलाई ‘भयानक’ भनेको छ । कारमा रहेको चालक दुवाल श्रेष्ठसहिहत ३ जना सबै सकुशल रहेको प्रहरीले जनाएको छ । 


चालक श्रेष्ठको खुट्टामा सामन्य चोट लागेको छ । कार भने पूर्ण रुपमा क्षति भएको छ । कारका भागहरु सबै क्षतविक्षत अवस्थामा सडकमा देखिएको छ । 


उक्त कार होटल एलो प्यागोडा अगाडिको सडकको रेलिङमा जोतिएपछि रेलिङ भाँच्दै कार सडक उत्तानो अवस्थामा पल्टिएको प्रहरीले बताएको छ । 
 

 

तस्वीर ः दिपक श्रेष्ठको फेसबुकबाट

asteriskhubs
Home Page Bottom Second


maharjan complex