२ भाद्र २०८३, मंगलबार
Header

महिलाहरुमाथि काँटी घोच्ने सार्वजनिक, प्रहरीले उनको बयान पत्याएन 


प्रकाशित: शुक्रवार, १३ असार २०७६, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । उपत्यकामा महिलाहरुमाथि ‘सिरिन्ज’ आतंक फैलाउनेलाई प्रहरीले सार्वजनिक गरेको छ । 


उनले प्रहरीलाई ‘सिरिन्ज’ होइन ढलान किलाले ‘रमाईलो’को लागि घोचेको वयान दिएपनि प्रहरीले पत्याएका छन । 


उपत्यकामा यस किसिमको आतंकले दिनप्रति दिन त्रसित बन्नु पर्ने अवस्था आएको थियो । प्रहरीले विहिवार राती उनलाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरेको थियो । 


पक्राउ पर्ने रामेछाप घर भई महाराजगञ्ज बस्ने ३० बर्षिय सन्तोष कार्कीले प्रहरीलाई दिएको बयान अनुसार सिरिन्ज नभई सुरमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बयान दिएका छन । 


घर जाने क्रममा बाटोमा एक्लै भेटिएका महिलाहरुलाई आक्रमण गर्थे । घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex