काठमाडौं । काठमाडौंको ढल्को र पकनाजोल लगयातमा क्षेत्रमा युवतीमाथि सिरिन्ज आक्रमण गर्ने गए राती पक्राउ परेको छ ।
रातीको समयमा युवतीहरुमाथि मोटरसाईकलमा आएका युवाहरुले तिखो वस्तुले घोचेर भाग्ने युवाहरुमध्ये एकलाई महाराजगञ्जबाट प्रहरीले पक्राउ गरेको छ ।
रामेछाप घर भई महाराजगञ्ज बस्दै आएका ३० बर्षिय सन्तोष कार्कीलाई प्रहरीले सिसिटभी फुटेजको आधारमा उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका कार्कीले काठमाडौंको पकनाजोल र ढल्कोमा घटाएको आक्रमण स्वीकारर्दै आक्रमण सिरिन्जले नभई ढलान काटीले घोचेको बयान दिएका छन ।
उनले प्रहरीलाई सो आक्रमण मजाकको लागि गरेको प्रहरीलाई बयान दिएका छन । प्रहरीले भने आज ११ बजे पत्रकार सम्मेलन गरेर कार्कीलाई सार्वजनिक गरिने बताएको छ ।
प्रहरीले घट्नबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाउँदै कार्कीलाई कार्वाही अघि बढाउने जनकारी दिए ।
एकडेढ महिना यता सिरिन्ज आक्रमण बढेपछि प्रहरीमा अहिले सम्म ५ जना युवतीले जाहेरी दिईसकेका छन भने युवतीहरु एचआईभी, हेपाटाइटिस जस्ता रोग सर्ला भनेर आतंककित बन्न पुगेको छ ।
टेकुका शुक्रराज ट्रापिकल सेन्टरमा युवतीहरुलाई एचआईभी लागयतको सर्ने रोगविरुद्ध सुई लगाएको चिकित्सकहरुले बताएका छन ।
बुधवार मात्र बनेपामा एक महिललाई सिरिन्ज आक्रमणको घट्ना सार्वजनिक भएको थियो । चिकित्सकका अनुसार बनेपाको घट्नामा भने सिरिन्ज आक्रमण भएको दावी गरेपनि काठमाडौंको घट्नामा भने सिरिन्ज आक्रमण हो वा होइन भन्ने किटान गर्न सकिरहेको थिएन ।
Categorized in समाज