काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिएपनि विभिन्न षडयन्त्र हुने भन्दै खबरदारी गर्न शनिवार उपत्यकाव्यापी मोटरसाईकल ¥याली हुँदैछ ।
विहान १० बजे न्यूरोडको जुद्धशालिकमा भेला भएर ¥याली सुरु हुने गुठी आन्दोलनको संयोजक गरिरहेका राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले जनाएको छ ।
मोटरसाईकलको ¥यालीको नारा ‘हाम्रो पहिचान गुठी, स्वाधिनताको लागि खबरदारी मोटरसाईकल जुलुस’ भन्दै जुलुस निकालिने भएको छ ।
¥यालीको सहकार्यमा नेवाः देय् दबू, गुठी विधयेक विरुद्ध संघर्ष समिति, ज्यापू महागुथी नेपाः, गुठी विधयेक विरुद्ध संघर्ष समिति, ललितपुर, कीर्तिपुर, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, ज्यापु समाज, यलः, सेभ नेपाः भ्याली ख्वपः व कीर्तिपुर रहेको छ ।
सरकारले १० गते औपचारिक रुपमा राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता लिएको घोषणा लिएपनि समितिले खवरदारी गर्न आफूहरुको आन्दोलन जारी रहेको भन्दै कार्यक्रम नियमित गर्ने जनाएको छ ।
गुठी विधेयकले उपत्यकाका सम्पदामथि हस्तक्षेप गरेको भन्दै सडक र सदनमा चर्को विरोध भएपछि भुमि व्यवस्था तथा सहरकारी मन्त्रीले असार ३ गते विधेयक फिर्ता लिएको घोषणा गरेका थिए ।
Categorized in समसामायिक