५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको मैतीदेवी र दक्षिणकालीमा नगद तथा सुनका गहना गरी १० लाख बराबरको धनमाल चोरी


प्रकाशित: बिहिबार, १० जेठ २०७५, १६ः०२ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । काठमाडौंको मैतीदेवी र दक्षिणकालीमा नगद तथा सुनका गहना गरी करिब १० लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

 
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३० मैतीदेवी डेरा गरी बस्ने डिल्लीबजार घर भएकी मैया खड्काको डेरा कोठामा कोही नभएको अवस्थामा बुधबार ढोकाको ताला फोडेर नगद २ लाख रुपैयाँ र सुनका विभिन्न गरगहना समेत गरी करीव ४ लाख २४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

 
यसैगरी दक्षिणकाली नगरपालिका–६ कोटाल टोल बस्ने प्रेमराज बस्नेतको घरको कोठाको ढोकाको ताल्चा फोडेर बुधबार नगद ७० हजार रुपैयाँ र सुनका बिभिन्न गहनाहरु समेत गरी करीव ५ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । 
फरार चोरहरुको खोजतलास गर्नुको साथै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex