काठमाडौं । काठमाडौं महानगरपालिका र चीनको नान्जिन नगरविच भागिनी सम्बन्ध जोडिने भएको छ ।
महानगर उप्रमुख हरिप्रभा खड्गी र नान्जिन नगरकातर्फबाट संस्कृति तथा पर्यटन सभाका अध्यक्ष लङ् सियाङ्ले भगिनी सम्बन्ध स्थापना गर्न आशय पत्रमा हस्ताक्षर गरेका छन ।
बुधबार काठमाडौंमा आयोजना गरिएको सुखद भविष्यका लागि आपसी सिकाइ तथा नान्जिन सहरको संस्कृति र पर्यटन प्रवर्धन कार्यक्रममा यस सम्बन्धि हस्ताक्षर भएको हो ।
सो अवसरमा चीनको निउसोहाङ् संस्कृति तथा पर्यटन क्षेत्र र नेपालको अरनिको समाजबीच रणनीतिक सहयोग ढाँचा सम्बन्धि पत्रमा हस्ताक्षर भएको महानगरले जनाएको छ ।
उपप्रमुख श्रेष्ठ खड्गीले आपसी हितलाई ध्यानमा राखेर भगिनी सम्बन्ध स्थापना गर्न लागिएको बताउँदै सूचना सञ्चार तथा सूचना प्रबिधि, संस्कृति र पर्यटन तथा आपसी हित प्रवर्धनमा बिचार निर्माणबाट पनि लाभ प्राप्त गर्न सकिने विश्वास व्यक्त गरिन ।
त्यसैगरी संस्कृति तथा पर्यटन सभाका अध्यक्ष सियाङ्ले काठमाडौंसँग पर्यटनका क्षेत्रमा ठूलो सम्भावना रहेको बताए । उनले नेपालको पर्यटनमा चीनले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
त्यस्तै नेपालका लािग चीनको राजदूताबासका संस्कृति शाखा प्रमुख सिडान बाइ मुले नेपालमा चीनबाट गएको बर्ष १ लाख ५० हजार चिनियाँ नागरिक नेपाल घुम्न आएको तथ्याङ्क प्रस्तुत गरेका थिए ।
Categorized in स्थानिय