४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाडौं महानगरभित्र आनाको ५० लाख पर्ने जग्गाहरु


प्रकाशित: बुधवार, ११ असार २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ल्याएको आर्थिक विधेयक २०७६ मा जग्गाको मूल्यांकन तोकेको छ ।


विधेयकको अनुसुची (४) मा सम्पती कर प्रयोजनको लागि जग्गाको प्रति आना दरमा उल्लेखित अनुसार काठमाडौंका यी क्षेत्रहरुमा प्रति आना ५० लाख तोखिएको छ । 


महानगरले आफ्नो क्षेत्रभित्र पर्ने केशरमहल प्रवेशद्धारदेखि पश्चिम ठमेल मूल चोक हुँदै क्षेत्रपाटीसम्मको जग्गा, हनुमानढोका, जिल्ला प्रहरी कार्यालय पूर्व, सुरज आर्केड इन्द्रचोक असन सम्म आनाको ५० लाख निर्धारण गरेको ।


त्यसैगरी असन हुँदै भोटाहिटी चोकसम्म, असनचोकदेखि जमल राष्ट्रिय नाचघरसम्म तथा सोदेखि पूर्व विश्वज्योती हल हुँदै तीनधारा पाठशालासम्म मूलबाटासम्म, महेन्द्र शालिकदेखि काठमाडौं प्लाजासम्म जोडिएका दायाँबायाँका जग्गाहरुको प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ ।


महानगरले माइतीघर सिंहदरबार पश्चिमगेट, पुतली सडक, कृष्ण पाउरोटी, हात्तीसार, जय नेपाल, कान्तिपथ, जमल, दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्यांकन पनि आनाको पचास लाख रुपैयाँ तोकिएको छ । 


त्यसैगरी जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम गोश्वारा हुलाक, त्रिपुरेश्वरसम्मको मूल सडकसंग जोडिएका दायाँबायाँका जग्गा र रत्नपार्क, पुरानो बसपार्क, शहिदगेट हुँदै सुन्धारा चोकसम्मको जग्गाको मूल्याकंन ५० लाख रुपैयाँनै तोकिएको छ ।


बाटो नभएको स्थानमा भने न्यूनता महानगरभित्र बाटो नभएका स्थानको न्यूनतम मूल्य चार लाख रुपैयाँ छ । 


महानगरले १७७ क्षेत्रमा जग्गाको मुल्यांकन गरेको अनुुसुचि सार्वजनिक गरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika