१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बिप्लवको बन्दले देशभर जनजीवन प्रभावित


प्रकाशित: मंगलवार, १० असार २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । नेत्र विक्रम चन्द ‘बिप्लव’ नेतृत्व माओवादीको बन्दले आज देशभरको जनजीवन प्रभावित भएको छ । 


काठमाडौं उपत्यकामा पहिला भन्दा बढि बन्दको प्रभाव देखिएको छ । उपत्यकामा विहानैदेखि सडक सुनसान देखिएको छ । 


केही निजी गाडी, स्कुटर तथा मोटरसाईकल फाटफुट चलेपनि पसल, शैक्षिक संस्थाहरु बन्द देखिएको छ । 


बन्दको कारण आजको जनजीवन भने प्रभावित बन्न पुगेको छ । मानिसहरु आफ्नो गन्तव्यमा पुग्नका लागि अप्ठेरोमा परेको देखिएको छ । 


आफ्नो समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले मंगलबार आहृवान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।


काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधन त मंगलबार बिहानैदेखि ठप्प रहेको ट्राफिक प्रहरीले बताएको छ ।  


बन्दको प्रभाव देशका पोखरा, विराटनगर, वीरगञ्ज लागयायका मुख्य सहरहरुमा पनि परेको छ । सवारी साधनसँगै शैक्षिक संस्था र कलकारखानामा पनि बन्द देखिएको छ । 


काठमाडौंको कीर्तिपुरस्थित नयाँबजार, ललितपुरको जावालाखेल मैदानमा शंकास्पद बस्तु भेटिएको भने पनि ती बम नभएको डिस्पोजल टोलीले पुष्टि गरेको छ । 


विप्लव माओवादले असरा ५ गते  आफ्ना सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा आज नेपाल बन्दको आव्हान गरेको प्रेस विज्ञप्ती जारी गरेर बताएको छ । 


सो हत्या प्रकरण यतिखेर राष्ट्रिय राजनीतिमा चर्चाको विषयसँगै चौतर्फी विरोध भईरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex