काठमाडौं । गुठी आन्दोलन संघर्ष समितिले सोमबार गुठी विधेयक विरुद्ध खबरदारी गर्दै सडक प्रदर्शन गरेका छन ।
साँझ ४ बजे न्यूरोडको जुद्धशालिकमा भेला भएर न्युरोड गेट हुँदै टुँडिखेल परिक्रममा गरी बसन्तपुरस्थित महादेव पार्वती डबलीमा सभामा परिणत भएको थियो ।
बसन्तपुरको सभालाई नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले सम्बोधन गर्दै सरकारलाई खवरदारी गरेको छ । सरकारले जति चाँडो विधेयक खारेजीको घोषणा गर्नुपर्ने बताएका छन ।
ताम्रकारले विधेयक खारेज नभए सरकारविरुद्ध कडा सडक सघर्ष हुने चेतावनी समेत दिँदै खवरदारी सभा निरन्तर हुने बताए ।
त्यसैगरी सभालाई उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमी, कामपा २३ वडा पूर्व अध्यक्ष पवित्र बज्राचार्य लगायतले सरकालाई आफ्नो माग सम्बोधन गर्न आग्रह गरेका थिए ।
विधेयकको विरुद्ध भेला भएका प्रदर्शनकारीहरुले गुठी विधेयक खारेजीको माग चर्को रुपमा उठाउँदै गृहमन्त्री रामबादुर थापा, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, भूमि व्यवस्थामन्त्री पद्मा आर्यालको जोडदार रुपमा राजिनामा माग गरेका थिए ।
Categorized in समसामायिक