काठमाडौं । गुठी विधेयक खारेजीको माग चर्को भईरहँदा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे भने विधेयक फिर्ताको विपक्षमा उत्रेका छन ।
यद्यपी सरकारले असार ३ गते विधेयक फिर्ता गरिसकेको छ तर विजुक्छे भने विधेयक फिर्ता नलिई पारित गर्नु पर्ने सरकारसँग माग गरेको छ ।
नेता बिजुक्छेले भक्तपुर नगरपालिकाको पाँचौ नगरसभा कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । उनले गुठीका नाममा हजारौं बिघा जग्गा कब्जा गरेर बसेका मठाधिशले जनतालाई गलत सूचना प्रवाह गरेको आरोप लगाएका छन ।
उनका भनाई अनुसार विधेयक भूमिहीन मोहीको पक्षमा छ, यसलाई फिर्ता गर्न गुठाधिश र सामन्तहरुको चलखेल भएको आरोप रहेको छ ।
विजुक्छेले सरकारले फिर्ता लिएको विधेयकलाई पुनः पेश गरेर पारित गर्नुपर्ने बताउँदै गुठीको नाममा गुठीको अझै पनि सामन्ती प्रथा जीवित रहेका बताए ।
Categorized in समसामायिक