३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

पचास भन्दा बढी स्पिड चलाउने ९४० सवारी कारवाही


प्रकाशित: सोमबार, ९ असार २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । पचास भन्दा बढि स्पिड चलाउने ९४० सवारी साधानलाई ट्रापिक प्रहरीले कारवाही  गरेको छ । 


महानगरीय  ट्राफिक प्रहरी महाशाखाले तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै जेठ २८ गते देखि उपत्यकामा कलङ्कीदेखि कोटेश्वरसम्म र भक्तपुर सडकखण्डमा ५० भन्दा बढी स्पिड चलाउन निषेध गरेको छ । 


महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले तीव्र गतिका कारण दुर्घटना बढेको सो अयिभान सञ्चालन गरेको जानकारी दिँदै 


चालू आर्थिक वर्षमा मात्र उपत्यकामा २३० व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाएका बताए ।

 
अधिकांश मोटरसाइकल चालक तिव्र गतिमा चलाउने भएकोले दुर्घटना हुने गरेको महाशाखाले जनाएको छ ।


यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख तथा काठमाडौँ उपत्यकामा नौ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex