काठमाडौं । काठमाडौं महानगरपालिका वडा सदस्य र नगरसभा सदस्यहरुले मासिक पारिश्रमिक बृद्धिको माग गर्दै हेटौडा पुगेका छन ।
जनप्रतिनिधिहरुले प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेल र सभामुख सानु श्रेष्ठलाई ऐन संशोधन गरी सुविधा बढाउन माग गर्दै ज्ञापन पत्र बुझाएका छन ।
अहिले वडा सदस्य र नगरसभा सदस्यले मासिक ७ हजार रुपैयाँ पाउँदै आएकोमा सो बृद्धि गर्न ज्ञापन पत्र बुझाएको काठमाडौं महानगरपालिका–४ का वडा सदस्य ध्रुवप्रसाद त्रिपाठीले बताए ।
महाननगरपालिकाको कार्यपालिका सदस्यको सुविधा मासिक १५ हजार पुग्दा पनि वडा र नगरसभा सदस्यहरुको सेवा सुविधा भने बढेको छैन ।
महानगपालिकाको आन्तरिक स्रोतबाट भएपनि पारिश्रमि बृद्धि गर्न ज्ञापनपत्रमा उल्लेख गरेका छन ।
Categorized in स्थानिय