काठमाडौं । ठेकेदारसँग भएको सहमति अनुसार कालोपत्र नभएको भन्दै थलीका स्थानीयले आईतबार सडक अवरुद्ध पारेर चक्काजाम गरेका छन ।
थली–साँखु सडकखण्ड कालोपत्रे नगरेको विरोधमा उनीहरु सडकमा उत्रेर विरोध गरिरहेको छ ।
संघर्ष समितिसँग कागेश्वरी मनोहरा नगरपालिकाले सडक स्तरोन्नती गर्ने सहमति गरे पनि सहमति अनुसार कार्यन्वयन भएपछि आन्दोलनमा उत्रेका हुन ।
यसअघि गत जेठ २८ गते स्थानीय संघर्ष समिति र नगरपालिकाबीच तत्काल बाटोमा भएको हिलो सोहोर्ने, एक हप्ताभित्र बाटो ग्रेडिङ गरी आवतजावत सहज बनाउने र चाँडोभन्दा चाँडो सडक निर्माणका लागि सडक बोर्डमा पहल गर्ने सहमति भएको थियो ।
सो क्षेत्रका सलम्बुटार, इन्द्रायणी, नयाँपाटी, डाँछी, थलीलगायतका सडकमा ठूला–ठूला खाल्डाखुल्डी रहेका छन ।
लगात भईरहेको बर्षाको कारण सडक हिलाम्मे भएपछि प दैनिक आवतजावत गर्ने गाडीका चालक र पैदलयात्रुले समस्या भोग्नु परेको स्थानीले बताएका छन ।
Categorized in समाज