३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बसले मोटरसाईकललाई ठक्कर दिँदा जलेर २ को मृत्यु


प्रकाशित: आईतबार, ८ असार २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । रुपेन्देहीको सैनामानामा बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा आगालागी हुँदा २ जनाको मृत्यु भएको छ । 


पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–६, कलोनीमा गएराति महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 


ठक्कर लगत्तै मोटरसाइकलमा आगो लागेको र जलेर दुई जनाको ज्यान गएको इलाका प्रहरीले जनाएको छ । 


प्रहरीको अनुसार शव जलेको कारण उनीहरुसँग भएको कागजपत्र पनि जलेकोले पहिचान हुन सकेको छैन । 


घटनाबारे अनुसन्धान गर्न सालझण्डी प्रहरीले बस र यसका चालकलाई नियन्त्रणमा लिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex