१८ बैशाख २०८१, मंगलबार
Header

राष्ट्रिय गुठी प्राधिकरण बनाउनु असंवैधानिकः श्रेष्ठ


प्रकाशित: आईतबार, ८ असार २०७६, ०९ः०० बजे
- महानगरखवर

भक्तपुर । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रिय गुठी प्राधिकरण बनाउनु असंबैधानिक भएको बताएको छ । 


उनले संविधानको धारा २६ को उपधारा २ ले गुठी सञ्चालन र संरक्षणको अधिकार गुठीयारलाई नै दिएको हुँदा केन्द्रमा राष्ट्रिय गुठी प्राधिकरण बनाउन खोज्नु सरकारको असंवैधानिक कदम भएको बताए । 


पार्टीको भक्तपुर जिल्ला समन्वय समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले सो कुरा बताउँदै भने, ‘गुठी विधेयकको नाममा सरकारले बल प्रयोग गरी जनताको सामुदायिक सम्पति कब्जा गर्नु र जनआस्थामाथि प्रहार गर्नु सरकारको अधिनायकवादी चरित्र हो ।’ 


उनले भने, ‘गुठीयारहरूले नै गुठी सञ्चालन गर्ने संविधानप्रदत्त मौलिक हक प्रयोग गर्न दिनु पर्छ र संविधानको अनुसूची ६ बमोजिम प्रदेशले गुुठी व्यवस्थापन समिति बनाई त्यसको व्यवस्थापन गर्नु पर्छ ।’


नेता श्रेष्ठले गुठी सञ्चालनका लागि जग्गा मात्र नभइ गुठीघरको बहाल, अक्षय कोष लगायत अन्य चल अचल सम्पत्ति पनि राख्ने चलन भएकाले यस सम्बन्धी विधेयक भूमि व्यवस्थाबाट नभई संस्कृति मन्त्रालयबाट आउनु पर्दछ । उनले भुमिहिन किसान, कमैया र सुकुम्बासीहरूलाई उनीहरूकै थातथलोमा भूमि र आवासको व्यवस्था गर्नु पर्छ । गुठीलाई भोगाधिकार प्राप्त व्यक्तिसँग जोड्नु ‘फालि मासी सियो’ भनेजस्तै कुरा हो ।


नेपालमा ओली नेतृत्वको सरकार छोटो समयमै बदनाम बताउँदै अहिले निर्वाचन हुने हो भने नेकपा पत्तासाफ हुने अवस्थामा पुगेको दावी गरे । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD