८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

एन्फाको लोगो प्रयोग गरेर टिर्सट बिक्री गर्ने ६ जना पक्राउ


प्रकाशित: शनिवार, ७ असार २०७६, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । अखिल नेपाल फुटवल सङ्घ (एन्फा)को नक्कली लोगो प्रयोग गरेर टिर्सट त्रिक्री गरेको आरोपमा ६ जना पक्राउ परेको छ । 


महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ नयाँबजार बस्ने बाग्लुङ जयमुनी नगरपालिका–९ का २९ वर्षीय चन्द्रदत्त शर्मा, काठमाडौँ खुसिबुस्थित बिआरके सप्लायर्सका सञ्चालकद्वय रुपन्देहीका ३६ वर्षीय विष्णुप्रसाद कँडेल तथा काठमाडौँ महानगरपालिका–१७ बस्ने स्याङ्जाका ३५ वर्षीय सागर पाण्डे रहेका छन ।


यस्तै काठमाडौँ महाबौद्धस्थित रेडिमेड स्टोरका सञ्चालक गोविन्द खनाल, काठमाडौँ विशालबजारस्थित एसि स्पोट्र्स गोदामका सञ्चालक काठमाडौँ वनस्थली बस्ने रौतहटका रामशरण खरेल र काठमाडौँ सुन्धारास्थित सिटी स्पोर्टस्का सञ्चालक झापाका निलम बस्नेतलाई समेत पक्राउ गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए । 


प्रहरीले विभिन्न पसलबाट जर्सीहरु बरामद गरेको छ । महाशाखाबाट खटिएको प्रहरीले चन्द्रदत्तलाई ३२ थान जर्सी तथा विष्णुप्रसाद र सागरको बिआरके सप्लायर्सबाट ३३८ थान जर्सी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


शुक्रबार गोविन्दको रेडिमेड स्टोरबाट २७४ थान, रामशरणको एसि स्पोर्टस् गोदामबाट २४२ थान र निलमको सिटी स्पोर्टस्बाट ३० थान नक्कली लोगो भएका जर्सी फेला पारेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीले प्रयोग गर्ने जर्सी एन्फाले अन्तर्राष्ट्रियस्तरको ब्राण्ड केल्मी चाइना कम्पनी लिमिटेडसँग सम्झौता गरी कामारु ट्रेडिङ प्रालिलाई आधिकारिक बिक्रीको अधिकार छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex