२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

भन्सार छलेर ल्याएको कपडा थानकोटबाट बरामद


प्रकाशित: शनिवार, ७ असार २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले भन्सार भन्सार छली गरेर ल्याएको रु १० लाख ७१ हजार मूल्य बराबरको सामग्री शनिवार बिहान बरामद गरेको हो ।

 
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७८९२ नम्बर र ना ६ ख १२८९ नम्बरको बस चेकजाँचका क्रममा पक्राउ गरेको हो । 


महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख कुमारविक्रम थापाका अनुसार दुईवटा बस जाँच गर्दा भन्सार छलेर ल्याएको पाँच बोरा सामान बरामद गरेको जानकारी दिए । 


सामानको बिल र धनी नभएकाले सो समान नियन्त्रणमा लिएको थापाले बताउँदै एक हजार ४१८ थान विभिन्न रङको कुर्ता तथा टप्स, पुरुषले लगाउने कमेज ७५ थान, पेटी २४ थान, पुरुषले लगाउने कट्टु ५९ थान, ४८ मुठ्ठा जाली कपडा बरामद जानकारी दिए ।  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex