काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेशम चौधरीको खुट्टामा लगाएको फलामको नेल लगाउनेलाई कार्वाही गर्न निर्देशन दिएका छन ।
मेरुदण्डको समस्या देखिएपछि टिकापुर घट्ना घटाएको आरोपमा सजाय भुक्तान गरिरहेका चौधरीको वीर अस्पतालमा उपचार भईरहेको छ ।
प्रम ओलीले मुख्य सविच लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीको खुट्टाको नेल खोली सो कार्य गर्नेलाई तत्काल कार्वाही गर्न निर्देशन दिएको थियो ।
शुक्रवार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चौधरीलाई भेटेपछि सरकारले उनीमाथि गरेको अमानविय ब्यवहारको कडा शब्दमा भत्र्सना गर्दै पोष्ट गरेपछि यसको चौतर्फी चासोसँगै अधिकारकर्मीहरुले विरोध जनाएका थिए ।
राजपाका निर्वाचित सांसद चौधरीलाई १४ किलोको फलामको नेलले खुट्टामा बाँधेर राखिएको थियो ।
Categorized in राष्ट्रिय