१३ भाद्र २०८३, शनिबार
Header

रेशम चौधरीको खुट्टामा झुण्डाएको १४ किलो नेलको भट्टराईद्धारा आलोचना


प्रकाशित: शनिवार, ७ शनिवार २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले टीकापुर हत्यकाण्डमा सजाय भुक्तान गरिरहेका रेशम चौधरीको खुट्टामा लगाएको १४ केजी नेलका कडा आलोचना गरेका छन ।


भट्टराईले सरकारको रबैयाप्रति आपत्ती जनाउँदै चौधरीको खुट्टामा लगाएको नेलको फोटो पोष्ट गर्दै मानव अधिकार र नियम कानुको स्मरण गर्न सरकारलाई भनेको छ । 


चौधरीलाई भेट्न भट्टराई वीर अस्पताल पुगेपछि सरकारमा बसेकाहालई गोलघरको यातना पनि स्मरण गराएका थिए । 


उनले भने,‘ ‘टीकापुर थारू विद्रोहको क्रममा थुनामा रहनु भएका सांसद रेशम चौधरीलाई वीर अस्पतालमा मेरूदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलोको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो ?’


भट्टराईले प्रश्न गरेका छन– आज सत्तामा बस्नेहरूले हिजोको गोलघरको यातना कति छिटै बिर्सेका ?’


चौधरीलाई मेरुदण्डको समस्या देखिएपछि उपचारको वीर लागि अस्प्ताल ल्याएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex