काठमाडौं । गुठी विधेयक खारेजको माग राख्दै शुक्रवार न्यूरोडको भूगोलपार्कमा हस्ताक्षर अभियान चलाएको छ ।
गुठी आन्दोलनका एक समिति राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिको आव्हानमा बेलुका ४ बजेदेखि ६ बजेसम्म हस्ताक्षर अभियान सञ्चालन गरिएको थियो ।
हस्ताक्षर अभियानमा स्वर्तफूर्त मानिसहरु सहभागी भएर गुठी विधेयक खारेज गर लेखि हस्ताक्षर गरेका थिए । सरकारले विधेयक फिर्ता गरेको कुरालाई सकारात्मक भन्दै विधयेक खारेज आफूहरुको बटमलाईन भएको समितिले जनाएको छ ।
त्यसैगरी सरकारलाई खवरदारी गर्न भोली (शनिवार) बेलुका ७ः३० बजे ब्ल्याक आउट गर्ने कार्यक्रम रहेको नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले जानकारी दिएको ।
समितिले सरकारलाई दवाव सिर्जना गर्न यस किसिमको कार्यक्रहरु गरिएको बताए ।
आगामी आन्दोलनबारे समितिसँग छलफल भईरहेकोले असार १० गतेपछि आन्दोलनका कार्यक्रमहरु तय गरिने भएको उनले बताए ।
Categorized in समसामायिक