काठमाडौं । रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा विहिवार फसेका १७ जना सबैको उद्धार गरिएको छ ।
उद्धार टोलीले शुक्रवार विहान ७ बजे ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई उनीहरुलाई सुरक्षित वाहिर निकालिएको प्रहरीले बताएको छ ।
निर्माधिन जलविद्युत आयोजनाको सुङगभित्र सुख्खा पहिरो खस्दा ती कामदारहरु थुनिएका थिए ।
गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ तातोपानी क्षेत्र नजिक निर्माणाधीन रहेको सो आयोजनामा भित्र थुनिएकााहरुको उद्धारको लागि रातिदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली परिचालित थिए ।
सुरुङ क्षेत्रमा सुक्खा पहिरो खस्ने क्रम जारी रहेकाले जोखिम कायमै रहेको प्रहरीले जनाएको छ । त्यसैले अहिले आयोजनाको काम रोकिएको छ । केही उपकरणहरु सुरुङभित्रै थुनिएका छन । तर, भौतिक क्षतिको विस्तृत विवरण भने आइसकेको छैन ।
Categorized in समाज