काठमाडौं । नेपाल टेलिकमले आफन्त तथा साथीभाईहरुलाई लक्षित गरी आफ्ना ग्राहकको लागि नयाँ अफर ल्याएको छ ।
यस अफरमा ग्राहकले २० रुपियाँमा ७० मिनेट कुराकानी गर्न सकिने टेलिकमले जनाएको छ ।
अनलिमिटेड वान आवर प्याक दिइएको यस अफरमा कुराकानी सँगै, इन्टरनेट चलाउन वा अनलिमिटेड म्यासेज पठाउन पनि सकिने छ ।
यो सेवा प्रयोग गर्नका लागि FDPACK लेखेर १४१५ मा म्यासेज पठाउनु वा *१५१५* ८# डायल गरी यो सेवा लिन सकिने टेलिकमले जनाएको छ ।
यस अघि टेलिकमले २ दर्जनभन्दा बढी अफर ल्याइसकेको छ ।
Categorized in समसामायिक